राणा कालिन प्रधानमन्त्रीहरु र तिनका योगदान






पृथ्वीनारायण शाहको पूर्वी नेपालको कोशी क्षेत्रको विजय अभियानमा कास्की र लमजुङका कुँवर क्षेत्रीहरूले अधिक मात्रामा भाग लिएका थिए । यसै कारण जङ्गबहादुरले आफूलाई कास्की र लमजुङका महाराज घोषित गराए । राणा प्रधानमन्त्रीहरू श्री ३ महाराज कहलिन थाले ।पूर्वी विजयपछि पृथ्वीनारायण शाहले रामकृष्ण कुँवरलाई प्यूठान पठाए । त्यहाँ उनी बारूदखाना तैयार गर्न लगाउँदै थिए, त्यसै बेला २१ मार्च १७७१ ई.मा उनको मृत्यु भयो । रामकृष्ण कुँवरको मृत्युपछि १८ वर्षीय उनका छोरा रणजित कुँवर नवविजित जुम्लाका हाकिम नियुक्त भए । त्यहाँ शान्ति सुव्यवस्था राम्रो गर्न सफल भएकाले उनलाई नेपालका चारकाजीमध्ये एक काजी बनाइयो ।रणजित कुँवरका तीन भाई छोरा थिए ः बालनसिंह कुँवर, बलराम कुँवर र रेवन्त कुँवर । रणबहादुर शाहका हत्यारा शेरबहादुर शाहलाई ठिक मौकामा मारेबापत् बालनरसिंह कुँवर काजी बनाइए । उनको मान र जागिर उनका उत्तराधिकारीहरूले पनि पाउने भए । काजी बालनरसिंह २४ डिसेम्बर १८१४ ई.मा दिवङ्गत भए ।

राणाकालीन प्रधानमन्त्री तथा तिनको मुख्य योगदान




१. जङ्गबहादुर (१९०४–१९३३) :

  • वि.स १९०८ मा न्याय व्यवस्था तथा अपराध कानुन तोकिएको मुलुकी ऐन पहिलो पटक जारी ।
  • दरबार स्कूलको स्थापना ।




२. रणोद्दीप (१९३३–१९४२) :

  • सर्वप्रथम पात्रो प्रकाशन र
  • मालपोत उठाउने नयाँ बन्दोबस्त गरिएको ।




 ३. वीर शमशेर (१९४२–१९५७) : 

  • भादगाँउ र काठमाडौँमा वीरधाराको व्यवस्था,
  • पुलहरूको निर्माण,
  • वीर अस्पताल (वि.स.१९७४),
  • वीर पुस्तकालयको स्थापना,
  • घण्टाघरको निर्माण ।




४. देव शमशेर (१९५७–१९५८) :

  • गोरखापत्रको प्रकाशन प्रारम्भ,
  • सरकारी समय १०–५ बजे निर्धारण,
  • सरकारी बिदाको व्यवस्था,
  • पाठशालाहरूको स्थापना ।




५. चन्द्र शमशेर (१९५८– १९८६) : 

  • सती प्रथाको उन्मुलन,
  • दासमोचन,
  • पहिलो पटक बिजुली बत्तीको व्यवस्था,
  • पहिलो कलेज त्रि–चन्द्रको स्थापना,
  • गोरखा भाषा प्रकाशिनी समितिको स्थापना,
  • रेल्वे आदिको विकास,
  • नेपालको नक्सा निर्माण ।




६. भीम शमशेर (वि.स.१९८६–१९८९) : 

  • नून र कपासमा भन्सार माफी,
  • कपास खेतीलाई प्रोत्साहन ।






७. जुद्ध शमशेर (वि.स.१९८९–२००२) :

  • पहिलो बैँक (नेपाल बैँक) को स्थापना,
  • घरेलु उद्योगको विकास,
  • उच्च अदालत, दमकल, म्यूजियम र चिडियाखानाको स्थापना ।




८. पद्य शमशेर (२००२–२००५) : 

  • पहिलो संविधान जारी,
  • काठमाडौँ म्यूनिसिपालिटी स्थापना ।




९.मोहन शमशेर (२००५–२००८) : 

  • आकाशवाणीको स्थापना,
  • राष्ट्रिय आर्थिक समितिको गठन ।