चीनले अन्तरिक्ष स्टेशनमा बस्न तीन अन्तरिक्ष यात्री पठायो

चीनले नयाँ अन्तरिक्ष स्टेशनमा बस्ने गरी तीन अन्तरिक्ष यात्री पठायो



  • चीनले आफ्नो नयाँ अन्तरिक्ष स्टेशनमा बस्ने गरी तीन जना अन्तरिक्ष यात्रीलाई पठाएको छ ।
  • चिनियाँ लङ मार्च टू-एफ रकेटको टुप्पोमा रहेको सेन्झाउ–१२ नामको यात्रुवाहक यानमार्फत् उनीहरू अन्तरिक्षमा प्रस्थान गरेका हुन् । 
  • सन् २०२१ जुन १७ मा गोबी मरुभूमिमा रहेका भूउपग्रह प्रक्षेपण केन्द्रबाट रकेट प्रक्षेपण गरिएको बीबीसीले जनाएको छ ।
  • चीनले पठाएको तीन अन्तरिक्ष यात्री निह हाइसङ, लिउ बोमिङ र थङ होङ्बोले पृथ्वीबाट तीन सय ८० किलोमिटरमाथि रहेको तियन्गोङमा तीन महिना बिताउने ।
  • पाँच वर्षपछि अन्तरिक्षमा यात्री पठाएको चीनले लामो समयका लागि यात्री पठाएको भने यो पहिलो पटक हो ।
  • यसलाई चीनको बढ्दो अन्तरिक्ष क्षमताको रूपमा हेरिएको छ । गएको छ महिनामा चीनले चन्द्रमाबाट चट्टान र माटोको नमुना ल्याएको छ र मङ्गल ग्रहमा अन्तरिक्ष यान उतारेको छ । यी दुवै काम जटिल र चुनौतीपूर्ण भएको खबरमा भनिएको छ  ।
  •  अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा अमेरिकाको नेतृत्वमा रुस, युरोप, क्यानडा र जापान समावेश छन् । चीनले आफ्नो अन्तरिक्ष स्टेशनमा अन्य देशलाई सहभागी गराउन आफू तयार रहेको बताएको छ ।
©Govinda Giri - गोविन्द गिरी 

💬Quiz Section