#नेपालको_जनसंख्या_सम्बन्धित_GK ( Population of Nepal )


📚📚📚📚📚📚📚📚📚📚📚📚📚📚

✔ नेपालमा वि सं 1968 (सन् 1911) देखि जनगणना कार्य शुरु भएको हो।
✔ त्यसपछि प्रत्येक दश दश वर्षको अन्तरमा जनगणना सञ्चालन हुँदै आएको छ।
✔ वि सं 1998 सम्म सञ्चालन भएका जनगणना समान्य व्यक्ति गणना (Head Count ) का रुपमा मात्र सिमित थियो ।
✔विसं 2009/11 देखि सञ्चालन भएका जनगणनाहरू अन्तर्राष्ट्रियरुपमा तुलना योग्य आधुनिक (वैज्ञानिक) जनगणना मानिन्छ।
✔ विसं 2018 पछिका सबै जनगणनाहरू केन्द्रीय तथ्यांक विभागले सञ्चालन गर्दै आएको छ।
✔ नेपालमा विसं 2028 मा सञ्चालित सातौं जनगणनाको लागत प्रशोधनका लागि पहिलोपटक computer (ibm 1401) को प्रयोग गरिएको थियो।
✔ विसं 2068 को राष्ट्रिय जनगणना नेपालको 11औँ र जनगणनाको इतिहासमा सय वर्षको जनगणना हो ।
✔ 2068 साल असार 8 गते लाई जनगणना दिवस (census day) मानिएको थियो ।
✔ 11 औं राष्ट्रिय जनगणना ,2068 विसं 2068 असार 3 गतेदेखि 13 गतेसम्म “ कोही नछुटुन् कोहि नदोहोरिउन “भन्ने नाराका साथ सम्पन्न भएको थियो ।
✔ राष्ट्रिय जनगणना, 2068 को नतिजा विसं 2069 साल मंसिर 11 गते सार्वजनिक भएको थियो।

#राष्ट्रिय_जनगणना , 2068 को नतिजाको सारांश यस प्रकार रहेका छन।
➖➖➖➖➖➖➖➖➖➖➖➖
ℹकुल जनसंख्या २,६४,९४,५०४
ℹपुरुष १,२८,४९,०४१ (४८.५० प्रतिशत)
ℹमहिला १,३६,४५,४६३ (५१.५० प्रतिशत)
ℹलैंगिक अनुपात ( sex ratio) ९४.१६(१००महिलामा ९४.१६ पुरुष)
ℹजनसंख्या वृद्धिदर (वार्षिक) १.३५ प्रतिशत (२०५८ मा २.२५)
ℹजनघनत्व १८० प्रतिवर्ग किलोमिटर
ℹपरिवार संख्या ५४,२७,३०२
ℹकाठमाडौं को जनसंख्या १७,४४,२४०
ℹसहरी जनसंख्या ४५,२३,८२० (१७.०२ प्रतिशत)
ℹग्रामीण जनसंख्या २,१९,७०,६८४ 
      (८२.९३ प्रतिशत)

#नेपालका_बोलिने प्रमुख 123 वटा भाषाहरुमध्ये प्रमुख 10 मातृभाषाहरू :

ℹ#भाषा बोल्ने जनसंख्या (२०६८)ℹ
➖➖➖➖➖➖➖➖➖➖➖➖
नेपाली ४४.६ प्रतिशत
मैथली ११.७ प्रतिशत
भोजपुरी ६.० प्रतिशत
थारु ५.८ प्रतिशत
तामाङ ५.१ प्रतिशत
नेवार ३.२ प्रतिशत
बजिका ३.० प्रतिशत
मगर ३.० प्रतिशत
डोटेली ३.० प्रतिशत
उर्दू २.६ प्रतिशत

@खोज: निरक थापा 

#यस्तै_यस्तै_बिबिध_जानकारीको_लागि_पेज_like_शेयर_गरि_सूरक्षित_राख्नुहोस !!

Post a Comment

0 Comments