प्रश्नः दिगो विकासको अर्थ दिँदै दिगो विकासका लागि आवश्यक पूर्वसर्त उल्लेख गर्नुहोस् । (५)


‘आफैँमा धानिने विकास दिगो विकास’
भविष्यका पिँढीको आवश्यकतासँग सम्झौता नगरी
वर्तमान पिँढीका आवश्यकताको सम्बोधन गर्ने कार्य
नै दिगो विकास हो । यो वातावरणीय मात्र नभई
राजनीतिक, आर्थिक, सामाजिक, नैतिक, मानवीय तथा
सांस्कृतिकजस्ता पक्षसमेतको भविष्यमुखी र
वैज्ञानिक विकास हो । दिगो विकासको पहिलो प्रयोग
सन् १९७१ को हेलसिन्की सम्मेलनबाट भएको थियो ।
नेपालमा आठौँ योजनाबाट दिगो विकासको मान्यतालाई
अघि सारिएको हो । हाल संयुक्त राष्ट्रसंघको
अगुवाइमा सन् २०१६ बाट सन् २०३० सम्म पूरा गर्ने
गरी दिगो विकासका १७ लक्ष्य कार्यान्वयनमा रहेका
छन् ।
दिगो विकासका लागि आवश्यक पूर्वसर्त
उच्च, फराकिलो र समावेशी आर्थिक वृद्धि र
विकास,
दिगो विकासप्रतिको उच्च राजनीतिक प्रतिबद्धता,
मौलिक हकका रूपमा वातावरणीय हकको
कार्यान्वयन,
प्राकृतिक स्रोत–साधनको दिगो र कुशल
व्यवस्थापन वातावरण संरक्षणका नीति तथा
कार्यक्रम र कानुन,
लैंगिक उत्तरदायी बजेट र कार्यक्रमको विकास,
भविष्यदर्शी विकासमा जोड,
वातावरणमैत्री विकासको पूर्वाधारको विकास,
अन्तर्राष्ट्रिय प्रतिबद्धताको अक्षरशः
कार्यान्वयन,
लक्ष्यहरूको प्राथमिकीकरण र आन्तरिकीकरण,
स्रोतको ग्यारेन्टी र व्यापक प्रचार–प्रसार,
एपयुक्त विकासका प्रतिमानहरूको चयन,
मानव र प्रकृतिबीचको अन्तरसम्बन्ध ।
यसरी दिगो विकास वातावरणमैत्री र धान्न सकिने
विकासको विश्वव्यापी मान्यता भएकाले यसमा
राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रयासलाई अझ बढी सबल
बनाउनु आवश्यक छ । यसका लागि नागरिक
खबरदारी, प्रशासनिक सक्रियता र सरकारको
प्रतिबद्धता आवश्यक हुन्छ । यसो भएमा
नागरिकलाई खुसी, सुखी र समुन्नत बनाउन सकिन्छ

          डा. टोकराज पाण्डे सहसचिव

Post a Comment

0 Comments