१- प्रदेशलाई ५५ अर्ब ३० करोड र स्थानीय तहलाई रु ८९ अर्ब ९५ करोड समानीकरण अनुदान विनियोजन ।
२- स्थानीय तहमा प्राविधिक शिक्षाका लागि २६ करोड विनियोजन
३- विद्यालय समायोजन कार्यक्रमका लागि ४७ करोड विनियोजन
४- आगामी आव सामाजिक रुपान्तरणको आधारशिलाको रुपमा शिक्षाका लागि सबै बालबालिकालाई प्राविसम्म अनिवार्य र माविसम्म निशुल्क शिक्षा प्रदान गरिने
५- खेलकुद शिक्षाका लागि ५ अर्ब विनियोजन। ७० जिल्लालाई पूर्ण साक्षर तुल्याइने ।
६-८३ हजार युवालाई सीप सिकाउन १ अर्ब ९२ करोड
७- दिवा खाजामा ५ अर्ब ९५ करोड विनियोजन, बालबालिकाका आमा मार्फत २२ लाख २९ हजार बालबालिकालाई दिवा खाजा उपलब्ध गराइने
८- विज्ञान तथा प्रविधि : मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको लागि १ खर्ब १० करोड ।
९- हरेक प्रदेशमा विधि विज्ञान प्रयोगशाला स्थापना गरिने ।
विज्ञान प्रवधिमा कूल १ खर्ब ६३ खर्ब ६६ करोड
१०-सबै जिल्लामा स्थास्थ्य बीमा गर्न ६ अर्ब बिनियोजन
११- देशभरका छात्रालाई निशु:ल्क प्याड वितरण गरिने
१२- ८ प्रकारका जटिल रोगकाे निशुल्क उपचारको अनुदानमा बृद्धि
१३- सबै स्थानीय तहमा न्यूनतम एक चिकिस्तक उपलब्ध हुने व्यवस्था गर्न ५ अर्ब विनियोजन ।
१४- स्वास्थ्य केन्द्रमा सुत्केरी हुनेलाई बाटो खर्च दिन २ अर्ब २२ करोड बिनियोजन
१५- राजविराजमा रामराजाप्रसाद सिंह अस्पताल खोल्न ४० करोड विनियोजन ।
१६- स्थानीय तहमा स्वास्थ्य संस्था स्थापना गर्न ५ अर्ब विनियोजन
१७- बीर अस्पतालाई सुधार गर्न ४० करोड विनियोजन ।
१८- विश्वविद्यालय अनुदान आयोगलाई अब १७ अर्ब ६४ करोड
१९- स्वास्थ्य क्षेत्रमा ६८ अर्ब ७८ करोड विनियोजन।
२०-मेलम्ची खानेपानीका लागि ७ अर्ब ३९ करोड विनियोजन
२१- शिक्षा क्षेत्रका लागि एक खर्ब ६३ अर्ब ७६ करोड बजेट विनियोजन
२२- खानेपानी र सरसफाई क्षेत्रमा ४३ अर्ब ४६ करोड बजेट विनियोजन ।
२३- नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्न ४३ अर्ब ४६ करोड विनियोजन
२४- राेजगारी कार्यक्रमकाे लागि ५ अर्ब १ करोड ।
२५- वैदेशिक राेजगारीकाे जानेकाे लागत राेजगारदाताबाटै उठाइने । श्रम र राेजगारीमा ७ अर्ब १४ करोड बजेट ।
२६- १३ लाख जेष्ठ नागरिक लाभ हुने गरि सरकारले बृद्ध भत्तालाई २ हजारबाट ३ हजार बनाएकाे छ
२७- ७० वर्ष माथिका जनताकाे बीमा रकम सरकारले व्यहोर्ने कार्यक्रम निरन्तर ।
२८- बाल संरक्षण अनुदानमा १ अर्ब ६४ करोड विनियोजन । ३ लाख ५० हजार बालबालिका लाभान्वित हुने ।
२९- अपांगता भएका व्यक्तिका लागि राेजगारीकाे व्यवस्था मिलाइने र आगामी वर्ष युवा परिचालन वर्ष बनाईने
३०- सामाजिक सुरक्षा योजनालाई फराकिलो बनाइने, ६४ अर्ब ५० करोड विनियोजन।
३१- बजेटले प्रदेश र स्थानीय तहलाई ४ खर्ब ६३ अर्ब अनुदान
३२- संघीय सरकारले प्रदेश सरकारलाई ५५ अर्ब ३० करोड र स्थानीय तहलाई ८९ अर्ब समानीकरण अनुदान दिनेछ ।
३३- महिला बालबालिका तथा जेष्ठ नागरिकतर्फ ७८ करोड विनियोजन
३४- दूध माछामासु र ताजा तरकारीमा आत्मनिर्भर बन्ने गरी काम गरिने ।
३५- प्रधानमन्त्री आधुनिक कृषि परियोजनाका लागि ८ अर्ब १० करोड विनियोजन ।
३६- तराईमा सय बिगाहा बढि जमिनमा एकीकृत खेति गर्नेलाई सहुलियत ।
३७- रासयनिक मल खरिदमा अनुदान ५० प्रतिशत वृद्धि गरि ९ अर्ब पुर्याइयो
३८- मझौता तथा साना किसानलाई परियोजना अनुसार ऋण उपलब्ध गराउन १ अर्ब विनियोजन ।
३९- बादी महिलाको सशसक्तिकरणका लागि आवास विकासको कार्यक्रम सञ्चालन गर्ने ।
४०-सुनकाेशी मरिनलाई राष्ट्रिय गौरवकाे रुपमा विकास गर्न २ अर्ब ५ करोड ।
४१- तटबन्धन कामकाे लागि ५ अर्ब ६३ करोड विनियोजन ।
४२- कृषिमा ३४ अर्ब ६८ करोड बजेट विनियोजन ।
४३- तराईंमा सिंचाई कार्यक्रमकाे लागि ९६ करोड
४४- सिंचाई क्षेत्रमा २३ अर्ब ६३ करोड विनियोजित ।
४५- मौसम तथा पूर्वानुमान महाशाखालाई थप प्रभावकारी बनाइने, थप राडार स्थापना गरिने। ५९ करोड विनियोजन।
४६- आगामी आर्थिक वर्षलाई वृक्षारोपण वर्ष घोषणा गरी वृक्षारोपणलाई अभियानकै रुपमा सञ्चालन गर्ने ।
४७- बन्यजन्तुलाई पाल्न नमूना अभ्यास गरिने । राष्ट्रपति चुरे कार्यक्रमलाई १ अर्ब ।
४८- वन तथा वातावरणमा १५ अर्ब ४९ करोड विनियोजन गरिएको छ ।
४९-आगामी २ वर्षमा जग्गा धनी पुर्जा अनलाइनबाटै । जग्गा प्रशासन अनलाइनबाटै उपलब्ध गराइने
५०-अतिक्रमित सरकारी जमिनहरू १ वर्ष भित्र राष्ट्रियकरण गरिने
बाँकि पुन: प्रकाशित गरिने छ ।
0 Comments
If you have any questions please do comment, we'll reply you soon with solution .