लोकसेवा बस्तुगत तथा समसामयिक सामाग्री


••••••••••••••••••••••••••••••••••••••••••••••••
[१] विक्रम संवत् २०७६ कात्तिक १८ को मन्त्रिपरिषद् बैठकले सातवटै प्रदेश प्रमुखमा क–कसलाई चयन गरेको हो ?
-----> प्रदेश १ : सोमनाथ अधिकारी ‘प्यासी’,
प्रदेश २ : तिलक परियार,
प्रदेश ३: विष्णु प्रसार्इं,
गण्डकी प्रदेश :अमिक शेरचन,
प्रदेश ५ः धर्मनाथ यादव,
कर्णाली प्रदेश : गोविन्द कलौनी र
सुदूरपश्चिम प्रदेश : शर्मिलाकुमारी पन्त त्रिपाठी
– नवनियुक्त प्रदेश प्रमुखहरूले कात्तिक १९ मा राष्ट्रपतिसमक्ष शपथ लिई प्रदेश प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको ।
– मन्त्रिपरिषद्को बैठकले पूर्ववर्ती शेरबहादुर देउवा सरकारद्वारा नियुक्त गरिएका सातैजना प्रदेश प्रमुखलाई हटाउने निर्णय गरेको हो । साथै मन्त्रिपषिद्को सिफारिसमा सोही दिन साँझ राष्ट्रपतिबाट पदमुक्त गरिएको ।

(२.) यस वर्ष (२०७६) को मदन–शिला स्रष्टा सम्मान कसलाई प्रदान गरियो ? ©LUCK SEWA
----> राष्ट्रकवि माधव घिमिरे (राशि एक लाख एक हजार)
– (त्यस्तै, मदन–शिला साहित्यिक पत्रकारिता पुरस्कार चन्द्रकुमार राई र अच्युतरमण अधिकारीलाई प्रदान गरिएको । राई र अधिकारीलाई जनही ५० हजार ५ सय र सम्मानपत्रद्वारा सम्मान गरिएको ।)

(३.) त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा कसलाई नियुक्त गरिएको हो ?
----> प्राध्यापक डा. धर्मकान्त बाँस्कोटा
– (कात्तिक १७ मा उपकुलपतिमा नियुक्त बाँस्कोटाले कात्तिक १८ देखि पदभार सम्हाल्नुभएको ।)

(४.) सरकारले मेडिकल काउन्सिलको अध्यक्षमा कसलाई नियुक्त गरेको हो ?
----> डा. भगवान कोइराला
– (विसं २०७६ कात्तिक १७ को मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको ।)

(५.) पोषणसम्बन्धी पाँचौँ विश्व सम्मेलन कहाँ आयोजना गरिएको हो ? ©LUCK SEWA
----> काठमाडौँ (सन् २०१९ नोभेम्बर)
‘– पृथ्वी र मानव जाति दुवैलाई पोषित गर्ने’ नाराका साथ सुरु भएको अन्तर्राष्ट्रिय सम्मेलन दक्षिण एसियामा नै नेपालमा पहिलोपटक आयोजना भएको ।
– कुपोषण न्यूनीकरण गर्ने अभियानमा जुटेका देशले सम्मेलनलाई उच्च महŒवका साथ लिएका ।
– राष्ट्रिय योजना आयोगले संयोजन गरेको सम्मेलनमा नेपालसहित विश्वका ८० देशका उच्च राजनीतिक नेतृत्व, नीति निर्माता, गैरसरकारी संस्थाका प्रतिनिधि, पोषणसम्बन्धी विज्ञलगायतका एक हजार दुई सयजनाको सहभागिता रहेको ।
– हरेक दुई वर्षमा अन्तर्राष्ट्रिय सम्मेलन हुने गरेको ।

(६.) नेपाली कामदार शून्य लागतमा युएई जान पाउने व्यवस्था कहिलेदेखि कार्यान्वयनमा आएको हो ?
----> विसं २०७६ कात्तिक १९
– विसं २०७६ कात्तिक १७–१८ मा काठमाडौँमा बसेको नेपाल युएई संयुक्त कार्यसमूहको बैठकले जेठमा भएको श्रम समझदारी प्रभावकारी रूपमा कार्यान्वयन गर्ने सम्झौता गरेसँगै शून्य लागतमा नेपाली कामदार युएई जान पाउने भएका । सम्झौता कात्तिक १९ देखि नै कार्यान्वयनमा आउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको ।
– नेपाल र युएईबीच भएको (कात्तिक १८ मा) सो सम्झौताअनुसार नेपाली कामदारको खर्च रोजगारदाताले नै बेहोनुपर्ने ।
– यसअघि सन् २००७ मा नेपाल र युएईबीच श्रम सम्झौता भएको ।

(७.) प्रदेश ३ मा पहिलो अपाङ्गता सूचना केन्द्रको स्थापना कहिले गरियो ? ©LUCK SEWA
----> विसं २०७६ कात्तिक १८

(८.) नेपाल र म्यानमारबीच व्यापार र लगानीसम्बन्धी सम्झौता कहिले भएको हो ?
-----> विसं २०७५ मङ्सिर १४ (सन् २०१८ नोभेम्बर ३०)

(९.) माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता कति रहेको छ ?
-----> २१६ मेगावाट
– (जलप्रवाहमा आधारित २१६ मेगावाट क्षमताको सो आयोजना निर्माणका लागि विसं २०७६ कात्तिक १५ मा नौ अन्तर्राष्ट्रिय ऋणदाताहरूसँग सम्झौता भएको ।)

(१०.) नेपालमा मन्ट्रियल सन्धि १९९९ कहिलेदेखि लागू भएको हो ?
-----> विसं २०७५ मङ्सिर २९

११. काठमाडौँ उपत्यकाको कुन ठाउँलाई ‘अशोकपतन’ पनि भनिन्थ्यो ?
----> पाटन

१२. विश्व सहरीकरण दिवस कहिले मनाउने गरिन्छ ?
-----> अक्टोबर ३१

१३. नेपालमा सरकारी तवरबाट पहिलोपटक राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस कहिले मनाइयो ?©LUCK SEWA
-----> विसं २०७५ असार २०
– (मूल नारा नसर्ने रोगमा प्रावृmतिक चिकित्सा)

१४. पशुपति क्षेत्रलाई मगन्तेरहित क्षेत्र घोषणा कहिले गरिएको हो ?
----->विसं २०७४ चैत २०

१५. इथियोपियामा पहिलोपटक महिला राष्ट्रपति बन्न सफल कूटनीतिज्ञ को हुन् ?
----->सले वर्क ज्युद
– राष्ट्रपति निर्वाचित हुनुअघि उहाँ अफ्रिकन युनियनका लागि राष्ट्रसङ्घीय प्रतिनिधि रहेको ।
– इथियोपियाको संविधानअनुसार त्यहाँ राष्ट्रपति आलङ्कारिक र प्रधानमन्त्री कार्यकारी अधिकारीयुक्त हुने प्रावधान रहेको ।

(१६.) सरकारले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली कहिलेदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको हो ?
----->विसं २०७५ भदौ २५

१७. संयुक्त राष्ट्रसङ्घका लागि स्थायी प्रतिनिधिका लागि अमृत राईलाई कहिले नियुक्त गरिएको हो ?
----->विसं २०७५ पुस २३

१८. सामुदायिक बीउ बैङ्कको स्थापना कहाँ गरिएको छ ?
-------> माचापुछ्रे गाउँपालिका, कास्की

१९. वागबानीका एन्टिभाइरस भनी कसलाई चिनिन्छ ?
----->मुकुुन्द रञ्जित

२०. नेपाल राष्ट्रबैङ्कले विसं २०७६ असोज २८ मा सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालका कति प्रतिशत नागरिकमा वित्तीय पहुँच पुगेको छ ?©LUCK SEWA
----->६०.९ प्रतिशत
– केन्द्रीय तथ्याङ्क विभागका अनुसार अहिले नेपालको कुल जनसङ्ख्या दुई करोड ९६ लाख पुगेको । राष्ट्रबैङ्कले दुई करोड ७८ लाख निक्षेप खातामा एक व्यक्तिको एकभन्दा बढी खाता र विदेशी नागरिकको खाता अलग्याएर यो विवरण तयार पारेको । अध्ययनले लघुवित्त र बचत तथा ऋण सहकारी संस्थाहरूका निक्षेपकर्ता तथा ऋणीहरू पनि अलग्याएको ।
– यसअघि विश्व बैङ्कको ग्लोबल फिनडेक्स डाटाबेसले सन् २०१७ मा ४५ प्रतिशत नेपालीको बैङ्क खाता रहेको देखिएको । त्यस्तै, सन् २०१४ मा फिन्सकोप सर्वेअनुसार नेपालका कुल वयस्क मध्ये ४० प्रतिशतको बैङ्क सेवामा पहुँच रहेको देखिएको ।

२१. सुन्धारास्थित धरहराको पुरानो नाम के हो ?
---->मिनार (पछि भीमसेन स्तम्भ नामकरण गरिएको ।)

२२. लुम्बिनीलाई पञ्चशील क्षेत्र कहिले घोषणा गरिएको हो ?
----->विसं २०७५ मङ्सिर ५

२३. नेपालको कुन ठाउँलाई खुला चिडियाखानाका रूपमा विकास गरिने भएको छ ?
----->डहरे देउराली (पर्वत, स्याङ्जा र कास्कीको सिमानामा पर्ने डहरे देउरालीलाई फलेबास नगरपालिकाले खुला चिडियाखानाका रूपमा विकास गर्ने भएको ।)

(२४.) नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली क्रिकेट टिमको कप्तानमा कसलाई नियुक्त ग¥यो ?©LUCK SEWA
------>ज्ञानेन्द्र मल्ल (विसं २०७६ कात्तिक १३)
– (ज्ञानेन्द्र मल्ल नेपाली राष्ट्रिय क्रिकेट टोलीका आठौँ कप्तान बनेका । यसअघि उत्तम कर्माचार्य, एलबी क्षेत्री (लेखबहादुर), पवन अग्रवाल, राजु खड्का, परेस लोहनी, विनोद दास र पारस खड्का राष्ट्रिय टोलीका कप्तान बनेका । यीमध्ये पारस सबैभन्दा सफल कप्तानका रूपमा स्थापित भएका । पारस सन् २००९ देखि २०१९ सम्म कप्तानको भूमिकामा रहेका । उहाँको कप्तानीमा नेपालले वानडे मान्यताप्राप्त ग¥यो भने २०१४ मा भएको आईसीसी विश्व टी–२० कपसमेत खेल्न पाएको ।)

(२५.) सूर्यको प्रकाशबाट चम्किने ग्रह तथा उपग्रहजस्ता खगोलीय पिण्डको सतहबाट परावर्तन हुने प्रकाशको रिफ्लेक्टिभ पावरलाई के भनिन्छ ?
------>अलविडो

(२६.) कमैयाले तिर्नुपर्ने ऋणलाई के भनिन्छ ?
----->सौकी

(२७.) प्रशान्त महासागरमा एल–निनोको प्रभाव बढ्दा नेपालको मनसुनमा कस्तो प्रभाव पर्ने गरेको पाइन्छ ?
------>मनसुन कमजोर भई न्यून वर्षा हुने

(२८.) सूर्यले आकाशगङ्गाको तारापुञ्जीय केन्द्रको एकपटक परिक्रमा गर्न लाग्ने समयलाई के भनिन्छ ?
----->ब्रह्माण्ड वर्ष

(२९.) छ महिनामा विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल आरोहण गरी रेकर्ड राख्न सफल नेपाली पर्वतारोही को हुन् ?
----->निर्मल पुर्जा
– ‘प्रोजेक्ट पोसिबल’ शीर्षकमा सात महिनामा विश्वका सबैभन्दा अग्ला १४ हिमाल आरोहण गर्ने लक्ष्यसहति आरोहण सुरु गरेका पुर्जाले छ महिना छ दिनमा मिसन पूरा गरेका ।
– यसअघि सबैभन्दा छोटो समयमा यो रेकर्ड दक्षिण कोरियाका आरोही किम चाङ–होको नाममा रहेको । उहाँले सात वर्ष ११ महिना १४ दिनमा आठ हजार मिटरभन्दा अग्ला १४ हिमाल आरोहणको रेकर्ड राखेको ।©LUCK SEWA
– सन् २०१९ अप्रिलमा अन्नपूर्ण हिमालबाट आरोहणको थालनी गरेका पुर्जाले अक्टोबर १९ मा चीनको सिसापाङमा आरोहणसँगै अभियान पूरा गरेका ।

(३०.) नेपालमा पहिलोपटक महिलाको फ्रेचाइज क्रिकेट वुमेन च्याम्पियन्स लिग (डब्लुसीएल) कहिले सम्पन्न भएको हो ?
----->विसं २०७६ असोज २९–कात्तिक ७ (कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान)
– (२०७६ कात्तिक ७ मा भएको फाइनल प्रतिस्पर्धामा चितवन राइनोजले क्याट क्वीन्स काठमाडौँलाई पराजित गर्दै फ्रेन्चाइज महिला च्याम्पियन्स लिग टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जित्न सफल भएको ।)
===[साभार:-टङ्क केसी/गोरखापत्र राष्ट्रिय दैनिक]===

Post a Comment

0 Comments