मल्ल वंश को पालामा घटित विशेष गतिविधिहरु
१. कुन मल्ल राजाको पालामा कल्पवृक्ष मनुष्यको रुप धारण गरेर आएका थिए ??
–लक्ष्मी नरसिंह मल्ल
२. कुन राजाको शासनकाल मा काष्ठमण्डपको निर्माण भएको हो ??
–लक्ष्मी नरसिंह मल्ल
३. एउटै रुखको काठबाट काष्ठमण्डपको निर्माण गर्ने व्यक्ति को हुन् ??
–विशेत
४. काष्ठमण्डप कुन शैलीमा निर्माण भएको छ ??
–प्यागोडा
५. काष्ठमण्डपको अर्को नाम के हो ??
–मरु सत्तल
६. सिमसिमे राजा भन्नाले कसलाई जनाउँछ ??
–शिवसिंह मल्ल
७. “यो राज्यमा कसैको विवेक नरहोस्” भनेर कसले श्राप दिएका थिए ??
–काजी भीममल्लकी रानीले सति जानेबेलामा
८. राजा प्रताप मल्लले कहिलेदेखि कहिलेसम्म नेपालमा शासन गरे ??
–वि.सं. १६९८–१७३१सम्म
९. १५ भाषाका ज्ञान भएका मल्ल राजा को हुन् ??
–प्रताप मल्ल
१०. सेतो मच्छिन्द्रनाथकोरथयात्रा कसले चलाएका हुन् ??
–प्रताप मल्ल
११. कसको शासनकालदेखि नेपालका राजाहरु बुढानिलकण्ठको दर्शन गर्न गएका छैनन् ??
–प्रताप मल्ल
१२. रानी पोखरी, हनुमानढोकाको निर्माण गर्न लगाउने राजा को हुन् ??
–प्रताप मल्ल
१३. छोरा चक्रपालेन्द्र मल्लको मृत्य शोकले पीडित रानी लालमतीलाई सान्त्वना दिन प्रताप मल्लले रानी पोखरीको निर्माण कहिले गरेका हुन् ??
–वि.सं. १७२७
१४. वि.सं. १७३१ वैशाख ९ गते हरिसिद्धि नाच हेरिरहेको अवस्थामा मृत्यु वरण गर्ने मल्ल राजा को हुन् ??
–प्रताप मल्ल
१५. प्रजाको धुरीबाट धुँवा ननिस्कुन्जले भोजन नगर्ने मल्ल राजा को थिए ??
–महेन्द्र मल्ल
१६. तलेजु भवानीको मन्दिर कसले बनाउन लगाएका हुन् ??
–महेन्द्र मल्ल
१७. महेन्द्र मल्लले चलाएको मुद्राको नाम के थियो ??
–महिन्द्र मल्ली
१८. सिद्धिनरसिंह मल्लले कहाँ शासन गरेका थिए ??
–ललितपुरमा
१९. गर्मीमा पञ्चाग्नी तापी जाडोमा खुला चोकको चिसो ढुंगामा बसी शासन गर्ने राजा को थिए ??
–सिद्धिनरसिंह मल्ल
२०. पाटनमा सर्वप्रथम मुद्रा चलाउने राजा को हुन् ??
–सिद्धिनरसिंह मल्ल
२१. सिद्धिनरसिंह मल्लले बनाउन लगाएको पाटनस्थित शिखर शैलीको २१ गजुर भएको मन्दिर कुन भगवानको हो ??
–कृष्णको
२२. कात्तिक नाचको चलन कुन राजाले चलाएका हुन् ??
–सिद्धिनरसिंह मल्ल
२३. ५५ झ्याले दरबार कसले बनाएका हुन् ??
–भुपतिन्द्र मल्ल
२४. भुपतिन्द्र मल्लले कहाँ शासन गरेका थिए ??
–भादगाउँ (भक्तपुर)
२५. पाँचतले न्यातपोलको मन्दिर कसले निर्माण गराएका हुन् ??
–भुपतिन्द्र मल्ल
२६. भुपतिन्द्र मल्ल कसका छोरा थिए ??
–जितामित्र मल्ल
२७. पशुपतिमा भारतीय भट्टबाट पूजा गर्ने चलन कसले चलाएका हुन् ??
–यक्ष मल्ल
२८. यक्ष मल्ल कसका छोरा थिए ??
–ज्योती मल्ल
२९. नेपाल मण्डलेश्वर भनेर कुन मल्ल राजालाई चिनिन्छ ??
–यक्ष मल्ल
३०. काठमाण्डौ उपत्यकाका अन्तिम मल्ल राजा कसलाई भनिन्छ ??
–यक्ष मल्ल
३१. समाजलाई चार जात ३६ वर्णमा विभाजित गर्ने राजा को हुन् ??
–जयस्थिति मल्ल
३२. जयस्थिति मल्लले नेपालमा कति वर्ष शासन गरे ??
–४३ वर्ष
३३. गोरखानाथ र गोकर्णेश्वरमा नियमित पूजाको चलन कसले बसालेका हुन् ??
–जयस्थिति मल्ल
३४. पशुपतिको आर्यघाट, वाग्मती किनारमा लवकुश सहित राम मन्दिर कसले बनाउन लगाएका हुन् ??
–जयस्थिति
मल्ल
३५. जयस्थिति मल्लले जमिनलाई कति भागमा विभाजन गरेका थिए ??
–४ भागमा (अब्बल, दोयम, सीम र चाहार)
३६. रामायण र भैरवानन्द नाटक लेख्ने राजा को हुन् ??
–जयस्थिति मल्ल
३७. राजा जयस्थिति मल्लले घरलाई कति भागमा विभाजन गरेका थिए ??
–३ भाग (शहरको घर, गल्लीको घर,गल्ली भित्रको घर)
३८. बाली लाग्ने जग्गा नाप्नेलाई क्षेत्रकार र घर क्षेत्रका जग्गा नाप्नेलाई तक्षकार भन्ने चलन कुन राजाले चलाएका हुन् ??
–जयस्थिति मल्ल
३९. नापतौलमा समानता ल्याउनका लागि मानापाथी, करुवा, चौथी, धार्नी, छटाक, तोलाको चलन कुन राजाले ल्याएका हुन् ??
–जयस्थिति मल्ल
४०. राजघरानाको दाहसंस्कारमा दिपक राग र सामान्य नागरिकको दाहसंस्कारको बेला कहाल राग बजाउने थिति कुन राजाले बसालेका थिए ??
–जयस्थिति मल्ल
४१. कुन मल्ल राजाको पालामा खस राजा जितारी मल्लले उपत्यकामा आक्रमण गरेका थिए ??
–अनन्त मल्ल
४२. बनेपा, पनौँती, नाला, धुलिखेल, साँगा आदि शहरहरुको निर्माण कसले गरेका हुन् ??
–अनन्त मल्ल
४३. मल्लकालमा प्रधानमन्त्रीलाई के भनिन्थ्यो ??
–चौतारा
४४. आफूलाई गन्धर्व गुरु भनी लेख्ने राजा को थिए ??
–जगप्रकाश मल्ल
४५. भक्तपुरका अन्तिम राजा को थिए ??
–रणजीत मल्ल
४६. राजर्षि भनेर कुन राजालाई चिनिन्छ ??
–सिद्धिनरसिंह मल्ल
४७. सर्वप्रथम चाँदीको मोहोर चलाउने राजा को हुन् ??
–महिन्द्र मल्ल
४८. सर्वप्रथम तामाको पैसा चलनचलाउने राजा को हुन् ??
– रत्न मल्ल
४९. इन्द्रजात्रामा कुमारीको रथ घुमाउने चल कसले चलाएका हुन् ??
–जयप्रकाश मल्ल
५०. बालकको सालनाल काट्ने चलन सर्वप्रथम कसले चलाएका हुन् ??
–अंशुवर्मा
५१. भक्तपुरको विस्केट जात्रा कसले चलाएका हुन् ??
– जगज्योति मल्ल
५२. आफूलाई कविन्द्र भनेर लेख्ने राजा को हुन् ??
–प्रताप मल्ल
५३. “हर गौरी विवाह” नाटकका लेखक को हुन् ??
–जगज्योती मल्ल
५४. अरनिको चीन कहिले गएका थिए ??
–वि.सं. १३१७ मा
५५. पशुपतिनाथको मन्दिर कसले बनाउन लगाएका हुन् ??
–राजा प्रचण्डदेव
५६. बालाजुको २१ धारा कुन राजाले बनाउन लगाएका हुन् ??
–जयप्रकाश मल्ल
५७. सर्वप्रथम शाह उपाधी धारणा गर्ने पहिलो राजा को हुन् ??
–कुलमण्डन शाह
५८. पाटनका ६ प्रधानहरुले आँखा झिकिदिएका राजा को हुन् ??
–राज्यप्रकाश मल्ल
Post a Comment